सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर कप : नेपाल र साउदी अरेविया भिड्दै

मेरोन्यूज २०८० वैशाख ११ गते ७:४५

काठमाडौँ । एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैछन्। कपमा नेपालको यो तेस्रो खेल हो ।

मुलपानी मैदानमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल साउदीसँग खेल्न लागेको हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो।

समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ।

नेपाल र साउदीबीच २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो । २०१२ मा अबुधावीमा एसिसी ट्रफीको खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।

एक दशकपछिको साउदी टिममा निकै सुधार आइसकेको छ। साउदीले जारी प्रतियोगिताको पहिलो खेलमा कतारमाथि ७ विकेटको जित हात पारेको थियो।

प्रतिक्रिया