एसीसी प्रिमियर कप : आजका खेल वर्षाले प्रभावित

काठमाडौँ एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन ।
मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन ।
उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजै हुने भनिएको समूह बी’ का हङकङ र बहराईनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ ।
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया