मोरङका प्रजिअ भट्टराई मन्त्रालयमा तानेर यादवलाई पठाइयो

काठमाडौँ । मोरङमा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले भट्टराईलाई मन्त्रालय तानेर संखुवासभामा प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवलाई मोरङ पठाएको हो । मन्त्रीस्तरीय निर्णयबाट सोमबार त्यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिन बोलपत्र माग गर्ने प्रक्रियामा संलग्न तत्कालिन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक भट्टराईलाई छानबिनका लागि मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनायो ।
भट्टराईमाथि सार्वजनिक खरिद ऐनविपरीत ७ दिने बोलपत्रबाट परिचयपत्रका जैविक र वैयक्तिक विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएको आरोप छ ।
भट्टराईलाई मन्त्रालय तानेर उनको ठाउँमा संखुवासभाका प्रजिअ वीरेन्द्र यादवलाई पठाइएको छ । भट्टराई माघ १३ गते मोरङको प्रजिअ भएर गएका थिए ।
















ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया