सोमबार, मंसिर १५, २०८२

ए डिभिजन लिगः न्यूरोडमाथि फ्रेन्ड्स क्लबको शानदार जित

मेरोन्यूज २०८० वैशाख १२ गते १७:२८

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई पराजित गरेको छ ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले एक/एक गोल गरेका थिए । त्यस्तै न्यूरोड टिमका लागि एक गोल संजीव विष्टले गरेका थिए ।

यो जितपछि फ्रेन्ड्स क्लबको १२ खेलमा १४ अंक भएको छ भने न्यूरोड टिमको यो हार पछि १२ खेलमा १३ अंक रहेको छ ।

प्रतिक्रिया