शनिबार, चैत १४, २०८२

आइएमईले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

मेरोन्यूज २०८० वैशाख १२ गते १७:५९

काठमाडौं । आइएमई लिमिटेडले साधारण शेयर(आइपिओ) निष्काशन गर्ने भएको छ । जसका लागि लिमिटेडले आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार आइएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे ।

आइएमईले आफ्नो १ अर्व जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको हो ।

आइएमई ग्रुपले केही समय यता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपीओ जारी गर्दै आएको छ ।

प्रतिक्रिया