शनिबार, चैत १४, २०८२

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड, भाग्यमानी ४ जनाले पाए ११ कित्ता

मेरोन्यूज २०८० वैशाख १३ गते ११:५२

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइपीओ बाँडफाँड गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त आइपीओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ७४ हजार २ सय २८ जना मात्र शेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड भएको छ । जसअन्तर्गत गोला प्रथा मार्फत कुल ९५ हजार ४ सय ११ जनाले शेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले बैशाख ४ देखि वैशाख ७ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

प्रतिक्रिया