गृह मन्त्रालयले गर्यो ११ डिआईजीपीको पदस्थापन

काठमाडौँ । गृह मन्त्रालयले केही दिन अघि बढुवा भएका ११ प्रहरी नायब महानिरीक्षक (डिआईजीपी)को पदस्थापन गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका अनुसार बिष्णु कुमार के.सीको प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएको छ ।
भरतबहादुर बोहराले सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । त्यस्तै रबिन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, राजेशनाथ बास्तोला कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, चन्द्र कुबेर खापुङ अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, जनक भट्टराई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा पदस्थापन भएका छन् ।
लालमणि आचार्य काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सुरेन्द्रप्रसाद मैनाली प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय, अर्जुन चन्द ठकुरी साइबर ब्यूरो भोटाहिटी यज्ञ बिनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज र बिकाश राज खनाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग निर्देशनालयमा पदस्थापन भएका छन् ।









एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया