शनिबार, चैत १४, २०८२

सेयर बजारमा दाेहाराे अंककाे गिरावट

मेरोन्यूज २०८० वैशाख १३ गते १५:३२

काठमाडौं । कारोबारको चाैथोदिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से १३ दशमलव ६८ अंकले घटेर १,८९२ को विन्दुमा झरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार ४० कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ७० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै तारागाउँ रेजेन्सीको ३ करोड ९० लाख रुपैयााको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया