लोक्ता पाउन छाडेपछि कागज उद्योग सङ्कटमा

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङ नजिकै रहेको हाते कागज उद्योग लोक्ता अभावमा सङ्कटमा परेको छ । वनमा लोक्ता पाउन छोडेपछि वरुण कागज उद्योग सञ्चालनमा समस्या भएको हो ।
वनमा कच्चा पदार्थ पाउन छाडेपछि हाते कागज उद्योग सञ्चालनमा समस्या भएको सञ्चालक रुद्रबहादुर गुरुङले बताए । डिभिजन वन कार्यालयबाट कच्चा पदार्थ सङ्कलनका लागि पूर्जी लिनुपर्ने व्यवस्था भए पनि त्यस बराबरको लोक्ता वनमा पाउन छोडेपछि अप्ठ्यारोमा परेको उनले बताए । जिल्लामा हाते कागज प्रयोग नहुँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको गुरुङले गुनासो गरे ।
जिल्लाको भोटखोला, मकालु गाउँपालिका र धर्मदेवी नगरपालिकाको माथिल्लो क्षेत्रमा केही वर्ष अगाडि प्रशस्त लोक्ता पाइन्थ्यो । तर पछिल्लो समय ती क्षेत्रमा पनि लोक्ता पाउन छोडेको उनको भनाइ छ । पछिल्लो समय यसको संरक्षणको अभावमा कम हुँदै गएका कारण कागज उत्पादनमा समस्या भएको हो ।
हरेक वर्ष वरुण कागज उद्योगमा तीन चार सय कोरी कागज उत्पादन हुने गरेको छ । जसमा एक कोरीमा दुई सय पाना हुने गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा सङ्कटमा परेको सञ्चालक गुरुङले बताए ।
उनका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा सङ्कटमा परेको हो । लोक्ता सङ्कलन गर्न प्रतिकेजी पाँच रुपैयाँ राजस्व लाग्छ । नेपाली हाते कागजले बजार नपाउँदा कागज उद्योग सञ्चालनमा समस्या भएको उद्योगी बताउँछन् ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया