सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर लिग : कतार विरुद्ध नेपाललाई पहिलो झट्का

मेरोन्यूज २०८० वैशाख १४ गते ९:१३

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झट्का लागेको छ ।

एक ओभर २ बलमा ओपनर कुशल भूर्तेल आउट भएका छन् । उनले ८ बल खेलेर २ रन बनाएका थिए ।

टीयु क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।

समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।

आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।

नेपाल हाल तीन खेलबा६ ५ अंकसहित दोस्रो स्थानमा छ । तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ ।

यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया