नेपालले ७६ रन बनाउँदा ५ विकेट गुमायो

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७६ रन बनाउँदा ६ विकेट गुमाएको छ । नेपालले कुशल भुर्तेल आशिफ शेख क्याप्टेन रोहित पौडेल भीम सार्की र कुशल मल्ललाई गुमाएको हो ।
मल्ल १७ ओभर एक बलमा आउट भए ।
१५ ओभर ३ बलमा पौडेल आउट भएका छन् । १२ ओभर ४ बलमा आशिफ शेख आउट भए ।
एक ओभर २ बलमा ओपनर कुशल भूर्तेललाई गुमाएको नेपालले ३ ओभर ३ बलमा भीम सार्कीलाई गुमाएको छ । भुर्तेललले ८ बल खेलेर २ रन बनाएका थिए । सार्की १२ बल खेलेर ६ रन बनाएर आउट भए ।
अहिले सोमपाल कामी र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् ।
टीयु क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।
समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।
आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।
नेपाल हाल तीन खेलबा६ ५ अंकसहित दोस्रो स्थानमा छ । तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ ।
यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।









एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया