सोमबार, माघ १९, २०८२

लत्ता कपडासहित चार मोटरसाइकल नियन्त्रण

मेरोन्यूज २०८० वैशाख १४ गते १६:०६

सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ मारिया खोला इलाकाबाट सशस्त्र प्रहरीले करिब ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ ।

यस्तै, चार वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १–०२–०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाइकलमा अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य कपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (विओपी कप्तानगंज)ले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईकल सुनसरी भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया