मानिसहरूले आफू सुरक्षित नभएको आभाष गर्न थाले : उपमेयर डंगोल

काठमाडौँ । काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले मानिसहरूले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताएकी छन् ।
बिहीबार गृह मन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौँको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महशुस गरिरहेको बताएकी हुन् ।
उनले अहिले मानिसहरू एकले अर्कोसँग डराउनु पर्ने अवस्था सिर्जना भएको बताइन् । उनले आठ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताएकी थिइन् ।
अपराधिक घटना क्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौँ महानगरले काठमाडौं महानगरमा सीसी क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन ।
‘अनुसन्धान भइरहेको छ, अनुसन्धानबाट छिटै नै निचोड आउने प्रतिबद्धता पाएका छौँ, कसरी र के भएको हो भन्ने कौतुहलता छ, साथै एक अर्कासँग डराउनु पर्ने त्रासपूर्ण वातावरण बनेको छ,’ उनले भने ।
उनले थपिन्, ‘महानगरले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौँ, महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सीसी क्यामेरा राख्ने जडान गर्ने भनेका छौँ, हामीले आठ दिन बितिसक्दा पनि बाहिर नआउनु हामी सबैका लागि हामी यहाँ सुरक्षित छौँ की छैनौँ भन्ने प्रश्न आएको छ ।’
उपप्रमुख डंगोलले महानगर शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढिरहेको पनि बताइन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया