बिहीबार, वैशाख ३, २०८३

सुदूरपश्चिम विश्वविद्यालयमा आजबाट तीनदिने फिल्म फेस्टिभल

मेरोन्यूज २०८० वैशाख १५ गते ६:४५

कञ्चनपुर । शुक्रबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो । पत्रकार सम्मलेन गर्दै नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए ।

“महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तक्र्रियात्मक छलफल हुनेछ”, डा जोलीले भने, “यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।” उनले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताए ।

सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए । “विश्वविद्यालयले सहकार्य गरेर यस्ता कार्यक्रम गरिनैराखेको हुन्छ”, उनले भने, “हामीले विश्वविद्यालयमा पढाउने कुरा पनि यही नै भएकाले सहकार्य गरेर महोत्सव आयोजना गर्न लागेका हौँ ।”

उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए ।

महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्यान्डस्) प्रदर्शन हुनेछन् । महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछन् ।

प्रतिक्रिया