बुढ्यौलीको बिमारलाई लिएर राष्ट्रपतिको महंगो उपचार यात्रा किन ? : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको वैदेशिक उपचारमाथि आपत्ति जनाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टड गरी विदेश लैजानु अस्वभाविक भएको बताए ।
‘राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरूले रिफर गरेकै थिएनन्, जहाज चार्टड गरेर विदेश लानुपर्ने, जुन अस्वभाविक खालको वैदेशिक उपचार यात्रा,’ उनले भने, ‘जबकी सरकार आफैँ भन्छ, विकासमा कुनै बजेट दिन सकिँदैन, पैसा छैन भन्छ, निर्माण व्यवसायीलाई काम गरेको मात्रै ६० अर्ब बढी रुपैयाँ छ, यस्तो बेला राष्ट्रपतिको महंगो औषधि उपचार यात्रा किन ?’
यस्तै, उनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २–२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताए । उनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।
‘लडाकुलाई दिएको पैसा, उनीहरु कहाँ पुगिसके, कति बितिसके, राज्य श्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा छ, यसलाई रोक्न राप्रपा जस्तो दलहरु बजबुत हुनुपर्छ,’ उनले भने, ‘सारा नकारात्मकता त्यागेर अघि बढ्नु पर्छ ।’















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया