आइतबार, पुष १३, २०८२

आइतबार नेता चन्द्र भण्डारी स्वदेश फिर्ता हुँदै

मेरोन्यूज २०८० वैशाख १५ गते १८:४६

काठमाडौँ । आगलागीमा परी गम्भिर घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी स्वदेश फर्किने भएका छन् । उनी आइतबार दिउँसो स्वदेश फिर्ता हुने भएका हुन् ।

आगलागीमा परी गम्भिर घाइते भएका नेता भण्डारी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो ।

उनका दाइ मिन भण्डारीका अनुसार अबको बाँकी उपचार नेपालमै हुने भएको छ । सांसद भण्डारी र उनकी आमा गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते भएका थिए ।

घटनापछि उनकी आमाको केही दिनपछि कीर्तिपुर बर्न अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया