आइतबार, वैशाख २७, २०८३

चीनको रासायनिक कारखानामा विस्फोट, पाँच जनाको मृत्यु

मेरोन्यूज २०८० वैशाख १८ गते १८:३९

काठमाडौँ । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

Advertisement
NiccNicc

सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एक जना अझै बेपत्ता छन् । खोजी र उद्धार प्रयास जारी छ ।

घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया