मोदी इनर्जीको आइपीओ निष्कासन
मेरोन्यूज
२०८० वैशाख १९ गते १३:१५

काठमाडौं । मोदी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।
जसमध्ये २९ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बाँडफाँट गरिसकेको छ । कम्पनीले चार लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।
कम्पनीले तीन लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र एक लाख २८ हजार ९१० कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको छ ।
सम्बन्धित















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया