कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

काठमाडौँ । अहिले मुलुकभर पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया