मंगलबार, मंसिर १६, २०८२

आईपीएलः राजस्थानलाई ९ विकेटले हराउँदै गुजरातको जीत

मेरोन्यूज २०८० वैशाख २३ गते ७:५१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै गुजरात टाइटन्सले जितेको छ ।लिगमा राजस्थानमाथि गुजरातको यो चौथो जित हो।

चालु आईपीएल सिजनको ४८औं खेलमा शुरूआती ब्याटिङ गरेको राजस्थानले गुजरातलाई ११९ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ गरेको गुजरातले १३।५ ओभरमै लक्ष्य भेट्टायो । गुजरातको जीतका लागि शुभमन गिल र ऋद्धिमान साहाले ७१ रनको सलामी पारी खेलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चालु सिजनमा यसअघि पनि राजस्थान र गुजरातले खेलेका थिए । सो खेलमा राजस्थानले गुजरातमाथि ३ विकेटको जीत निकालेको थियो ।

प्रतिक्रिया