मंगलबार, मंसिर १६, २०८२

‘ए’ डिभिजन लिगः आज तीन खेल हुँदै

मेरोन्यूज २०८० वैशाख २३ गते ९:४२

काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज (शनिबार) तीन खेल हुँदैछन् । आज हुने तीन खेलमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा साँझ ६ बजे शुरू हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया