‘टाइगर ३’मा सलमान र शाहरुखकाे एक्सन सिनका लागि ३५ करोडको सेट

काठमाडौं । सलमान खानको फिल्म ‘टाइगर ३’ मा शाहरुख खानको पनि अभिनय रहने भएको छ। उनीहरु लामो समयपछि फिल्म ‘टाइगर ३’मा एकसाथ काम गर्ने भएका हुन्।
यसैबीच फिल्ममा सलमान र शाहरुखको ठूलो बजेटको एक्सन सिन हुने खबर आइरहेको छ । भारतीय मिडियाका अनुसार यस सिलसिलाका लागि ३५ करोड रुपैयाँ भारुको सेट निर्माण गरिएको छ ।
स्रोतका अनुसार फिल्मका निर्माता आदित्य चोपडा यी दुई स्टारको एकसाथ उपस्थितिलाई पूर्णरुपमा सदुपयोग गर्न चाहन्छन् ।
हिन्दुस्तान टाइम्सको स्रोतले भन्यो, ‘ पठान पछि ‘टाइगर ३’ मा पहिले कहिल्यै नदेखेको कुरा देखाइँने छ । फिल्ममा हाई भोल्टेज एक्सन सिक्वेन्स बनाउने तयारी भइरहेको छ। निर्माताले यसका लागि तयारी थालिसकेका छन्।’
पठानको उत्कृष्ट सफलतापछि अब दर्शकले ‘टाइगर ३’ मा पनि धेरै नयाँ कुराहरु हेर्न पाउने भएका छन् ।
फिल्म १० नोभेम्बर २०२३ मा दीपावलीको अवसरमा रिलिज हुने बताइएको छ । फिल्ममा सलमान, शाहरुखका अलावा कट्रिना कैफ र इमरान हाश्मी पनि देखिनेछन् ।
भारतीय मिडिया रिपोर्टका अनुसार फिल्मको कुल बजेट २२५ करोड भारु हुने बताइएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया