आइतबार, वैशाख २७, २०८३

भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

मेरोन्यूज २०८० वैशाख २६ गते २०:२८

काठमाडौँ । भारतमा मंगलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

Advertisement
NiccNicc

बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल खसेको थियो । “कम्तीमा २१ जनाको मृत्यु भएको छ,” एक वरिष्ठ प्रहरी अधिकारीले भने ।

मृत्यु हुनेमा तीन जना बालबालिका र १० जना महिला रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । दुर्घटना हुनुअघि बसका चालक (स्टेयरिङ)मा निदाएका र दुर्घटना हुन पुगेको तर बस दुर्घटना भएपछि उनी घटनास्थलबाट भागेका थिए ।

विश्व बैंकले सन् २०२१ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा विश्वको करिब एक प्रतिशत सवारी साधन भए पनि सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ११ प्रतिशत भारतमा छ ।

सोही प्रतिवेदनअनुसार भारतमा वर्षेनी करिब एक लाख ५० हजार कार दुर्घटनामा मृत्यु हुने गरेको छ । प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया