नक्कली भुटानी शरणार्थी प्रकरण
आरोपितलाई संगठित अपराध, ठगी र सरकारी दस्तखत किर्तेमा मुद्दा चलाइने !

काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितलाई संगठित अपराध, ठगी र सरकारी दस्तखत किर्तेमा मुद्दा चलाउने तयारी गरेको छ ।
राज्यसंयन्त्रकै सहयोगमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा भएको ठगीमा पक्राउ परेकाहरूमाथि प्रहरीले अहिले संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।
अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थप्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाकारी दियो । शरणार्थीसम्बन्धी प्रतिवेदन किर्ते भएको र गृह मन्त्रालयको नामबाट नक्कली शरणार्थी परिचयपत्र जारी भएकाले किर्ते मुद्दा थप्न लागिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रहरीले ठगी मुद्दामा मुलुकी अपराध संहिताको दफा २५ को परिच्छेद २१ मा ठगीसम्बन्धी कसुरमा सजाय माग गर्ने तयारी गरेको छ । संहिताको दफा ३ (ग) मा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ । लिखतसम्बन्धी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।
संगठित अपराध निवारण ऐन, २०७० मा सरकारी ओहोदामा बसेर ठगी गर्नेविरुद्ध थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।
ठगी मुद्दामा बिगो असुल गरी पीडितलाई भराउनुपर्नेसमेत हुन्छ । यो मुद्दामा पक्राउ परेका अभियुक्तलाई प्रहरीले फरक–फरक बिगो कायम गरी मुद्दा चलाउने तयारी गरिरहेको छ ।
संगठित अपराधमा ६० दिनसम्ममा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ । १२ वैशाखदेखि नै तीन अभियुक्त थुनामा रहेकाले शुक्रबारसम्म ४८ दिन हुन्छ । यसअनुसार अनुसन्धान गर्न प्रहरीसँग करिब १० दिन बाँकी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री खाणका सहयोगी नरेन्द्र केसी, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सातजना प्रहरी हिरासतमा छन् । एमाले नेता रायमाझीसहित केही फरार छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू प्रमाण हेर्दा संगठित अपराध, ठगी र सरकारी दस्तखत किर्तेमा मुद्दा चलाउन सकिने देखिएपछि के–के विषयमा मुद्दा दायर गर्ने निक्र्यौल भइनसकेको बताउँछन् । सरकारी वकिल कार्यालयसँग यस विषयमा छलफल भइरहेको उनीहरू बताउँछन ।
काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले के–के विषयमा मुद्दा दायर गर्ने एकिन भइनसकेको, अनुसन्धानकै क्रममा रहेको जानकारी दिए ।










दोस्रो संस्करणको एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
NPL 2025: Biratnagar defeats Pokhara by 53 runs
संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया