‘तारक मेहताका उल्टा चश्मा’का निर्मातामाथि यौन उत्पीडनको आरोप

काठमाडौं । भारतीय टिभी सिरियल ‘तारक मेहता का उल्टा चश्मा’की अभिनेत्री जेनिफर मिस्त्रीले शो का निर्माता असित मोदीमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार जेनिफरले अभिनेत्री जेनिफरले निमार्ता असित कुमार मोदीले वर्षौदेखि आफूमाथि दुर्व्यवहार गर्दैआएको आरोप लगाएकी हुन् ।
उनले सुटिङका लागि सिंगापुर गएका बेला पनि ती निर्माताले आफुसँग पटकपटक दुव्र्यवहार गरेको उनले बताइन् । निर्माताले बारम्बार आफ्नो कोठामा बोलाउँने, आपत्तिजनक म्यासेज पठाउने गरेको उनले बताइन् ।
तर असितले यो आरोप अस्वीकार गरेका छन् ।
जेनिफरको लिखित उजुरीका आधारमा मुम्बई प्रहरीले अहिले घटनाको अनुसन्धान सुरु गरेको छ । यद्यपि, यस मामिलामा एफआईआर दर्ता हुन बाँकी छ। प्रहरीले छिट्टै यस घटनामा संलग्न सबैको बयान लिने जनाएको छ । असित बाहेक जेनिफरले आफ्नो उजुरीमा शोका अन्य क्रु सदस्यमाथि पनि यौन उत्पीडनको आरोप लगाएकी छिन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया