परिणिती चोपडा र सांसद राघवको इन्गेजमेन्ट आज
मेरोन्यूज
२०८० वैशाख ३० गते ८:१८

बलिउड अभिनेत्री परिणीति चोपडा र सांसद राघव चड्डाले मे १३ अर्थात आज दिल्लीमा इन्गेजमेन्ट गर्दैछन् । यद्यपि यो जोडीले आफ्नो सम्बन्धको पुष्टि गरेका छैनन् तर उनीहरुकाे निकट स्राेतले यसबारे जानकारी दिएकाे हाे ।
भारतीय सञ्चारमाध्यमका अनुसार परिणीतिकी आफन्त समेत रहेकी अभिनेत्री प्रियंका चोपडा पनि उनीहरुको इन्गेजमेन्टमा सहभागी हुन दिल्ली आउँदैछिन्। राघव र परिणितीको इन्गेजमेन्ट समराेह आज बेलुकी ८ बजे दिल्लीको कपुरथला हाउसमा हुने बताइएको छ । जानकारीका अनुसार इन्गेजमेन्ट समारोहमा राजनीति र चलचित्र जगतका करिब १५० पाहुनालाई बोलाइएको छ ।
परिणिती र राघवले आफ्ना निकट साथी र आफन्तहरूको लागि एउटा पार्टीको योजना बनाएका छन्। परिणितीका भाइ सहज र शिवाङ चोपडाले समारोहको सबै तयारी गरेका छन् ।
सम्बन्धित


















लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
के एआईले जागिर खाइदिन्छ ?
Nepali diplomatic missions in various countries mark International Wellness Day
Forty-six Nepalis rescued from Cambodia
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया