शनिबार, पुष १२, २०८२

थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०८० वैशाख ३० गते १५:४०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

दुई हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ जना संक्रमित निको भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ । सक्रिय संक्रमितमध्ये १० जना संस्थागत आइसोलेसन, एक जना आईसीयू तथा एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया