भत्किएको पुलमुनि सांसद गौतमले सुरु गरे आमरण अनशन

बर्दिया । बर्दिया–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले भत्किएको पुलमुनी आमरण अनशन सुरु गरेका छन् । पूर्वसिँचाइमन्त्री गौतम बर्दियाको विकासका लागि भन्दै १५ बुँदे मागसहित भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका हुन्।
जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि बबई नदीको जब्दीघाटमा भासिएको पुलमुनि नदी तटमा सांसद गौतम अनशन बसेका हुन्। जब्दीघाटको भत्किएको पुल हटाएर नयाँ पुल निर्माण गर्नुपर्ने मुख्य माग सांसद गौतमले राखेका छन् ।
बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो। त्यहाँ नयाँ पुल निर्माणका लागि ५ वर्षभन्दा बढी प्रयास गरेको भए पनि सरकारले कुनै चासो नदेखाएको गौतमले बताए ।
गौतमले गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग राखेका छन् ।















अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया