मोदी इनर्जीको आइपीओ बाँडफाँड
मेरोन्यूज
२०८० वैशाख ३१ गते ११:१०

काठमाडौं । मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । आज बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा उक्त आइपीओ बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।
यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो ।
कम्पनीले यसअघि कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९१० कित्ता, र सामूहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४ सय २० कित्ता शेयर निष्काशन गरेको थियो ।
सम्बन्धित















अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया