परिवर्तनका लागि रुपान्तरित दृष्टिकोण सहितको नेतृत्व आवश्यक

ढाका । महिला अधिकारकर्मीहरुले परिवर्तनका लागि रुपान्तरित दृष्टिकोण सहितको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् ।
महिला बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जालले बंगलादेशको ढाकामा गरेको ३ दिने सम्मेलनमा सहभागी अधिकारकर्मी र सरोकारवालाहरुले महिलाश्रमको सम्मानका लागि दृष्टिकोणमा रुपान्तरण हुनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले स्वदेश र प्रवासमा महिला श्रमको सम्मान हुनुपर्नेमा र उनीहरुमाथि हँुदै आएको मानसिक दबाब र बहिष्करणको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
“महिला श्रमको सम्मानपूर्ण मूल्यांकनका लागि रुपान्तरित दृष्टिकोण“सम्मेलनमा सहभागीहरुले स्वदेश र वैदेशिक रोजगारीमा गएका महिला श्रमिकमाथिको मानसिक दबाब र बहिष्करणको अन्त्य नभएसम्म दिगो विकास लक्ष्य हासिल गर्न नसकिने बताए । उनीहरुले वैदेशिक रोजगारीमा गएका महिलाले मुलुकको आर्थिक परिवर्तनमा ठूलो योगदान पु¥याएकाले उनीहरुको श्रमलाई सम्मानपूर्ण दृष्टिकोणले हेर्नुपर्ने बताए ।
नेपालबाट सम्मेलनमा सहभागी संविधानसभा सदस्य डाक्टर विन्दा पाण्डेले महिला श्रमको मूल्यांकन र सम्मानका लागि अझै पनि संघर्ष गनुपर्ने अवस्था रहनु दुखद् भएको बताइन् । बंगलादेशको कार्यकारी प्रमुखमा महिला रहँदा पनि बंगलादेशी महिलाहरुको स्थितिमा खासै परिर्वतन आउन नसकेको दृष्टान्त दिँदै उनले परिवर्तनका लागि महिलावादी दृष्टिकोण सहितको महिला नेतृत्व आवश्यक रहेको बताइन्।
उनले भनिन् ‘महिला नेतृत्वमा पुग्दैमा समग्र महिला जगतको विकास भएको मान्न सकिँदैन । त्यसका लागि महिलावादी दृष्टिकोण सहितको नेतृत्व चाहिन्छ । राष्ट्र«निर्माणमा महिलाको योगदानको कुरा गर्दा सेवामुलक काम र अनौपचारिक क्षेत्रको श्रमलाई पनि आर्थिक उत्पादनको रुपमा ग्रहण गनुपर्छ । उनीहरुले अर्थतन्त्रमा पु¥याएको योगदानलाई राष्ट्रिय गणनामा राखिनुपर्छ । ’
अधिकारर्की डाक्टर रेणु अधिकारीले देश भित्रैका महिलाको श्रमको सम्मान र मूल्यांकन नभएसम्म वैदेशिक रोजगारीमा रहेका महिलाको सम्मान हुन नसक्ने बताइन् । महिलाको श्रमको सम्मान हुन नसक्दा वैदेशिक रोजगारीमा रहेका महिलाले लाञ्छना र हेयको व्यवहार खेप्नुपरेको बताइन् । उनले देश भित्र र प्रवासमा रहेका महिला श्रमिकले मुलुकको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको कदर नभएसम्म कुनैपनि सरकार समृद्ध हुन नसक्ने बताइन् ।
त्यसैगरी महिला बेचबिखन बिरुद्धको विश्वव्यापि सञ्जालका प्रतिनिधि वन्धना पटनायकले बंगलादेश र नेपालको स्थिति मूल्यांकन गर्दा आप्रवासी महिलाको समान प्रकृतिका समस्या रहेकाले मिलेर काम गनुपर्नेमा जोड दिनुपर्ने बतायन् । प्रवासी महिला कमदारले आफ्नै देशमा फर्किएपछि पनि कयौले स्वरोजगारमुखी व्यवसाय गरेको दृष्टान्त दिँदै उनीहरुले पु¥याएको योगदानको कदर गनुपर्नेमा जोड दिइन् । आप्रवासी महिला कामदार प्रतिको सम्मान र सामाजिक पुनःस्थापनालाई सहज बनाउन मिडियाले ठूलो भुमिका रहेकाले सकारात्मक समाचार र सफलताको कथाहरुलाई बाहिर ल्याउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन् ‘दक्षिण एशियाबाट वैदेशिक रोजगारीमा गएका महिला कम पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् । तर उनीहरुले आफ्नो कमाईको सबै पैसा परिवारलाई पठाउने गर्छन् । यसले समग्र ती मुलुकको अर्थतन्त्रलाई पनि सहयोग पु¥याएको हुन्छ । त्यसैले उनीहरुले देश र परिवारलाई पुराएको योगदानको सबै सरकारले सम्मान गनुपर्छ । ’
कार्यक्रममा सहभागी आप्रवासी महिलाहरुले आफूहरुलाई समाजले राम्रो दृष्टि राख्ने नगरेको गुनासो गरेका थिए । उनीहरुले श्रमको योगदान र मूल्य महिला र पुरुष दुवैको समान गर्नुपर्छ भन्ने बुझाई नहुँदा वैदेशिक रोजगारीबाट फर्किएपछि पनि परिवार र समाजको बहिष्करणमा पर्नुपरेको बताएका थिए ।
कार्यक्रममा नेपाल र बंगलादेशका सांसद, अधिकारर्की, पत्रकार र आप्रवासी सहित ६० जना बढीको सहभागिता थियो । मिडिया सामग्रीको भाषा र प्रश्तुतीको शैली पनि पुरुष मनोभावबाट प्रेरित हुने गरेको भन्दै सहभागीले सञ्चार शैलीमा पनि परिवर्तनको आवश्यकता औँल्याएका थिए । सम्मेलनले परिवर्तनका लागि रुपान्तरित दृष्टिकोण सहितको नेतृत्व विकासका लागि दुई वर्षे रणनीति तयार गरेको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया