युवालाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रुपमा स्काउटलाई उपयोग गरौंः खेलकुदमन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल स्काउटका संरक्षक समेत रहेका मन्त्री लिम्बुले ‘एक घरः एक स्काउट’को अवधारणा अनुसार अघि बढदा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने समेत स्पष्ट पारे । नेपाल स्काउटले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रपति जिम्मेवार बनाउन सहज हुने स्मरण गराए ।
मन्त्री लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानुनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले भने, ‘२०५० सालको ऐन त अलि पुरानै भयो होला । अहिलेसम्म त्यसको संशोधन गरेर समयानुकूल ऐनहरु परिमार्जन गर्दै यसको विकास र समृद्धिका लागि पनि ऐनहरु समयानुकूल परिमार्जन हुनुपर्दछ । ३० वर्ष नाघिसक्यो । अहिलेसम्म यसको ऐन परिमार्जन भएको छैन । अव यसमा के गर्न सकिन्छ । यसको पदाधिकारीहरुसँग बसेर सरकारले के गर्नु प¥यो त ? के गर्दा नेपाल स्काउटको प्रगति हुन्छ । सोही अनुसार काम गर्ने प्रतिवद्धतना पनि व्यक्त गर्न चाहन्छु । नेपाल स्काउटलाई तल्लो तहमा लिएर जान सकियो भने राम्रो हुन्छ । एक घरः एक स्काउटको अवधारणा आईसकेकै अवस्था छ । र, अहिले हामीसँग युवाहरुलाई राष्ट्र विकासको मूल धारमा जोडने माध्यामको रुपमा यो स्काउटलाई हामी उपयोग गर्न सक्छौं । एउटा घरमा हामीले एउटा स्काउट जन्माउँदै गर्दाखेरी एउटा अनुशासित युवा, त्यहाँबाट प्रशिक्षित भएर आउँदैगर्दा निश्चयनै राष्ट्रप्रति जवाफदेही पूर्ण ढंगले अगाडि बढने, राष्ट्रपति जिम्मेवारीबोध गर्ने युवाहरु हामीले उत्पादन गर्न सक्छौं भन्ने मलाई लाग्दछ ।’
कार्यक्रममा मन्त्री लिम्बुलाई नेपाल स्काउटको संरक्षकको रुपमा दीक्षित गरिएको थियो ।
















प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया