कोलकातासँग चेन्नाई ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाइ सुपर किंग्सलाई १८.३ ओभरमा ६ विकेटले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोलकाताले चेन्नाइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो ।
यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ ।
कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ ।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
जवाफी ब्यउाटिङमा आएको कोलकाताका लागि कप्तान नितिश राणाले ४४ बलमा ६ चौका र एक छक्का मदतमा ५७, रिंकु सिंहले ४३ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ५४ रन बनाए ।
चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिए ।
पहिला ब्याटिङ गथरेको चेन्नाईका लागि शिवम् दुबेले सर्वाधिक ४८ रन बनाए । यस्तै, देवन कन्वेले ३०, रविन्द्र जडेजाले २० र ऋतुराज गायकवाडले १७ तथा अजिन्का रहानेले १६ रन जोडे ।
कोलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नरैनेले दुई, दुई तथा वैभव अरोरा र शार्दुल ठाकुरले एक, एक विकेट लिए ।















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया