नक्कली भुटानी शरणार्थी प्रकरण
दुई पूर्वमन्त्री र एक बहालवाला सचिवसहित १३ जना पक्राउ, ३ जनाविरुद्ध पक्राउ पूर्जी (नामावलीसहित)

काठमाडौँ । आइतबार साँझ बुढानीलकण्ठबाट एमाले सचिव, प्रतिनिधि सभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेपछि पक्राउ पर्नेको संख्या १३ पुगेको छ । पक्राउ पर्नेमा उनीसहित २ पूर्वमन्त्री र एक बहालवाला सचिवसहित १३ जना छन् ।
प्रकरणमा रायमाझी र अर्का पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । भने पूर्वगृहसचिव तथा पक्राउ पर्दा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पक्राउ परेका हुन् । पाण्डे खाण गृहमन्त्री हुँदा गृहसचिव थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र मोरङको पत्थरी शनिश्चरेका सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीहरूको बयानका आधारमा अन्य व्यक्तिहरू पक्राउ गर्ने क्रम सुरु भएको हो ।
गिरोहका अर्का सदस्य दाङका ३४ वर्षीय सन्देश शर्मालाई २९ चैतमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको थियो ।
त्यसपछि भने प्रहरीको अनुसन्धान राजनीतिज्ञ र सरकारी कर्मचारीतर्फ सोझिएको थियो ।
यसक्रममा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई १९ बैशाखमा पक्राउ ग¥यो । राईलाई टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको थियो ।
२० बैशाखमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । उनी पूर्वगृहसचिव हुन् ।
२० बैशाखमै बुटवलबाट पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा नविनलाई प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप दुई विचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई २६ बैशाखमा पक्राउ गरेको थियो ।
त्यसको अर्कोदिन २७ बैशाखमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनी गृहमन्त्री हुँदाका नीजिसचिव नरेन्द्र केसीलाई चावहिल मैजुबहालस्थित उनकै निवासबाट पक्राउ ग¥यो ।
अहिलेसम्म यो प्रकरणमा प्रहरीले ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । प्रहरीले इन्द्रजीत राईका छोरा निरज तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक र नेपाली कांग्रेसका नेता पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको अपराध अनुसन्धान महाशाखालले जानकारी दिएको छ ।
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया