उपाधि होडबाट बाहिरिएको दिल्लीले हरायो पञ्जावलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ । प्लेअफ होडबाट बाहिरिसकेको दिल्लीले बुधबार राति भएको खेलमा हराएपछि पञ्जावको पनि प्लेअफ सम्भावना कठिन बनेको छ ।
दिल्लीले पञ्जावलाई हराउँदै पाँचौ जित निकालेको हो ।
धर्मशालामा भएको खेलमा दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनायो ।
पञ्जावका लागि लियम लिभिङस्टोनले ९४, अथर्व टाइडेले ५५ रन बनाए । दिल्लीका यशान्त शर्मा र एकरिक नवर्कियखले दुई, दुई तथा खलिल अहाद र अक्षर पटेलले एक, एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो । रुसोले ६ चौका र ६ छक्काको मद्दतमा ८२ रन बनाए । पृथ्वी शाले ५४, कप्तान डेविड वार्नरले ४६ र फिल साल्टले २६ रन बनाए ।
पञ्जावका लागि साम करनले दुई विकेट लिए ।
जितपछि १३ खेलबाट १० अंकसहित दिल्ली नवौं स्थानमै छ । १३ खेलबाट १२ अंकसहित पञ्जाव आठौं स्थानमा छ । पञ्जावसहित चार टिमको समान १२ अंक भए पनि नेट रनरेटमा पञ्जाव सबैभन्दा कमजोर छ ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
एनपिएलमा आज दुइ खेल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
प्रतिक्रिया