उपाधि होडबाट बाहिरिएको दिल्लीले हरायो पञ्जावलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ । प्लेअफ होडबाट बाहिरिसकेको दिल्लीले बुधबार राति भएको खेलमा हराएपछि पञ्जावको पनि प्लेअफ सम्भावना कठिन बनेको छ ।
दिल्लीले पञ्जावलाई हराउँदै पाँचौ जित निकालेको हो ।
धर्मशालामा भएको खेलमा दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनायो ।
पञ्जावका लागि लियम लिभिङस्टोनले ९४, अथर्व टाइडेले ५५ रन बनाए । दिल्लीका यशान्त शर्मा र एकरिक नवर्कियखले दुई, दुई तथा खलिल अहाद र अक्षर पटेलले एक, एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो । रुसोले ६ चौका र ६ छक्काको मद्दतमा ८२ रन बनाए । पृथ्वी शाले ५४, कप्तान डेविड वार्नरले ४६ र फिल साल्टले २६ रन बनाए ।
पञ्जावका लागि साम करनले दुई विकेट लिए ।
जितपछि १३ खेलबाट १० अंकसहित दिल्ली नवौं स्थानमै छ । १३ खेलबाट १२ अंकसहित पञ्जाव आठौं स्थानमा छ । पञ्जावसहित चार टिमको समान १२ अंक भए पनि नेट रनरेटमा पञ्जाव सबैभन्दा कमजोर छ ।















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया