चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शनमा

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।
निर्देशक रामराघव आचार्यले निर्देशन गरेको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ । “यसलाई हामीले नेपाली दर्शक सुहाउँदो शैलीमा तयार गरेका छौँ । प्रेमकथासँगै सामाजिक कथालाई समेटेका छौँ”, निर्देशक आचार्यले भने । यो उनको पहिलो चलचित्र हो । उनले भारतमा अभिनय र निर्देशनको प्रशिक्षण लिएका थिए । चलचित्रलाई टायम कट्टेल र बीना कार्कीले निर्माण गरेका छन् । निर्माता कट्टेलले चलचित्रले समाजको यथार्थलाई प्रस्तुत गरेको बताए ।
चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।
विश्वभर अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्ट्याच’ बाट प्रदर्शन भएको चलचित्र ‘डाकिनी’ आजैबाट प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । चलचित्रले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँने छ ।
बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहेको चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय रहेको छ । चलचित्र सीमित हलमा मात्र प्रदर्शन भइरहेको छ ।
“विश्वविख्यात प्राविधिकको सहभागितामा निर्माण भएको चलचित्रलाई नेपाली दर्शकसम्म पुर्याउने उद्देश्यले सीमित समयका लागि मात्रै प्रदर्शन गर्नेछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ”, निर्माता बानियाँले भने । विश्वभर महोत्सवमा देखाइएको र रुचाइएको नेपाली कथा नेपाली दर्शकलाई कस्तो लाग्छ भन्ने जान्नका लागि सीमित समयका लागि मात्रै प्रदर्शन गरिएको उनको भनाइ थियो । ‘कला सप्ताह’को रूपमा चलचित्र प्रदर्शन, मास्टरक्लास, नाटक मञ्चनलगायत गतिविधि समेत गर्न लागिएको उनले जानकारी दिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया