कुनै आधार र प्रमाण बिना आईजीपी कुँवरलाई विवादमा तान्नु निन्दनीयः नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक वसन्त कुँवरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएको विषयमा आपत्ति जनाएको छ।
बुधबार नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले एक विज्ञप्ति जारी गर्दै नक्कली शरणार्थी प्रकरणमा आईजीपीकै भूमिका शंकास्पद रहेको विषयमा आपत्ति जनाएका हुन्।
‘कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारलेजनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरू प्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ । कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ।
सचिवालयले नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपीत भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद रहेको बताएको छ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कुनै आधार र प्रमाण बिना महानिरीक्षक कुँवरलाई विवादमा तानेर अपराधी जोगाउन प्रयास गरेको भनिनु निन्दनीय भएको बताएको छ ।










पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया