आईपीएल फाइनलमा आज चेन्नई र गुजरात भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच भिडन्त हुदैँछ ।
अहमदावादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ ।
चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउदै फाइनलको यात्रा तय गरेको हो ।
चेन्नई र गुजरात अहिलेसम्म आईपीएलमा चार पटक आमने सामने भएका छन् । जसमा गुजरातले ३ पटक जितेको छ भने चेन्नईले एक पटक जितेको छ । चेन्नईले यसै सिजनको पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गरेको थियो । यस अघि २०२२ को सिजनको लिग चरणमा दुई र यस आइपिएलको लिग चरणमा एक पटक गुजरातले चेन्नईलाई पराजित गरेको थियो ।
भारतका अहिलेसम्मकै सफल कप्तान महेन्द्र सिंह धोनीको नेतृत्वमा चेन्नई यस सिजनमा शानदार लयमा देखिएको छ । लिग चरणमा दोस्रो स्थानमा रहेको चेन्नई धोनीको कुटिल कप्तानी र युवा खेलाडीहरुको उत्कृष्ट प्रदर्शनको मिश्रणले फाइनलसम्म पुगेको छ ।
चेन्नईलाई रुतुराज गायकवाड र डेभोन कोनवेले यस सिजनमा ओपनरको रुपमा शानदार शुरुवात दिएका छन् । कोनवेले यस सिजनमा सर्बाधिक ६२५ रन बनाएका छन् भने गायकवाडले ५६४ रन बनाएका छन् । मिडल अर्डरमा आजिख्य रहाने, शिभम दुवे, रविन्द्र जडेजा छन् ।
श्रीलंकाका युवा बलर महिष थीकशाना, तुषार देशपाण्डे र दिपक चहरले उत्कृष्ट बलिङ गरिरहेका छन् । तुषारले यस सिजनमा चेन्नईका लागि १५ खेलमा २१ विकेट लिएका छन् । रविन्द्र जडेजाले १९ र मथीषाले १७ विकेट लिएका छन् ।
हार्दिक पाण्डेयको नेतृत्वमा रहेको गुजरातमा शुभमन गिलले यस सिजनमा तीन शतक प्रहार गरेर उत्कृष्ट फर्ममा रहेका छन् । गीलले आईपीएलमा अहिलेसम्म सर्बाधिक ८५१ रन बनाएका छन् ।
गुजरातको मिडल अर्डरमा हार्दिक पाण्डेय डेविड मिलर, राहुल तेबातिया, राशिद खान छन् ।
गुजरातको बलिङमा मोहमद शामी, मोहित शर्मा, राशिद खान छन् । यस आइपिएल सबाधिक विकेट लिने खेलाडीको शिर्ष तीनमा शामी, राशिद र शर्मा रहेका छन् । शामीले २८, खानले २७ र शर्माले २४ विकेट लिएका छन् ।
आइपिएलको इतिहासमा चेन्नई १०औं पटक आइपिएलको फाइनलमा पुग्दा चार पटक उपाधि जितिसकेको छ ।
दोस्रो सिजन खेलिरहेको गुजरातले दुवै पटक फाइनलको यात्रा तय गरेको छ । गत सिजनमा गुजरातले आफ्नो पहिलो सिजनमा नै उपाधि जितेको थियो ।
आईपीएलमा आइपिएलको इतिहासमा मुम्बई इण्डियन्सले ५, चेन्नईले ४, कोलकोताले २ पटक उपाधि जितेका छन् ।
त्यस्तै राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद, डेकन चार्जर्स र गुजरात टाइटन्सले एक एक पटक उपाधि जितेका छन् ।
रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सले अहिलेसम्म उपाधि जितेका छैनन् ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया