हलिउड रिपोर्टरले कार्यक्रममै विवाहको प्रस्ताव राखेपछि सलमानले दिए यस्ताे जवाफ

काठमाडौं । सलमान खान हालै आइफा अवार्डमा सहभागी भएका थिए । उक्त समाराेहमा उनीसँग एउटा रमाइलो किस्सा भएको छ ।
कार्यक्रममा हलिउड रिपोर्टरले सलमानलाई विवाहको प्रस्ताव राखेकी थिइन् । ती महिलाले आफू सलमानलाई भेट्न निकै लामो यात्रा गरेको बताइन् । साथै पर्दामा देखेपछि आफू उनकाे प्रेममा परेकाे बताइन् ।
महिलाको प्रस्तावमा सलमानले आफ्नो बिहेका दिन सकिएको बताए । सलमानले ती महिलालाई भने, ‘तपाईं २० वर्षअघि भेटेको भए म केही सोच्ने थिएँ ।’ यति भन्दै सलमान र त्यहाँ उपस्थित मानिसहरु हाँस्न थाले।
सलमानलाई विवाहकाे प्रस्ताव आएकाे यो पहिलो पटक होइन । ५७ वर्षीय सलमानलाई धेरै युवतीले विवाहको लागि सोधिरहेका हुन्छन् तर उनको जवाफ सधैँ ‘नाइँ’ रहन्छ।
सलमानले बिवाह गर्नेबारे नसोचेको पनि होइन । धेरै पटक उनी बिहे गर्ने तयारीमा थिए तर अन्तिम समयमा कुनै न कुनै कारणले कुरा बिग्रि रहन्थ्याे । याे कुरा सलमानले आफै पनि बताउने गरेका छन्।


















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
प्रतिक्रिया