जिल्ला अदालतमा शर्मा, राई र केसीको बयान सुरु
मेरोन्यूज
२०८० जेठ १६ गते १२:१२

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो ।
यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो । यी तीन जनामध्ये राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो । तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो ।
३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया