लागुऔषधसहित ४ जना पक्राउ

काठमाडाैं। मकवानपुर र पर्साबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । मकवानपुरकाे गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागूऔषध गाँजा करिब ९ सय २० ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
पर्साकाे छिपहरमाई गाउँपालिका-५ ब्रहम चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका-४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बगमती प्रदेश-०३-००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।
















बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ
मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि
HoR elections: Candidates accelerate election activities in Jhapa-3
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
प्रतिक्रिया