नक्कली भुटानी शरणार्थी प्रकरण
न्यायाधीशलाई इन्द्रजितको जवाफ, ‘भक्तपुरको १२ आना जग्गा बेचेर बैंकमा ३ करोड ४५ लाख जम्मा गरे’

काठमाडौं । तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईले आफूले भक्तपुरमा रहेको १२ आना जग्गा बेचेर बैँकमा ३ करोड ४५ लाख जम्मा गरेको बताएका छन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपाने सामु राईले जग्गा बेचेर बैँकमा पैसा जम्मा गरेको बताएका हुन् ।
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने धन्दाका मुख्य योजनाकार डा. इन्द्रजित राईलाई न्यायाधीश न्यौपानेको इजलासका अधिकृतले बैंकमा ३ करोड ४५ लाख जम्मा गरेको देखिन्छ, सो रकम कहाँबाट आयो ? भन्दै प्रश्न गरेका थिए । त्यस प्रश्नको जवाफमा राईले यस्तो बताएका हुन् ।
तर, यो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भने राईले गिरोहसँग लिएको रकम आफ्नो बैंक खातामा आफैंले डिपोजिट गरेको अनुसन्धानमा देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
शरणार्थी प्रकरणका विचौलियाहरूकेशव प्रसाद दुलाल र सानु भण्डारीले राईलाई हिमालय होटल, त्रिपुरेश्वरस्थित आँगन स्विट्स र गृह मन्त्रालयमा लगेर रकम बुझाएको बयान दिएको र त्यो रकम राईले बैंकमा जम्मा गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । तर, राईले भने दुलाल र भण्डारीको जिकिर अस्विकार गर्दै ३ करोड ४५ लाखको विभिन्न नस्रोत इजलाशसमक्ष खुलाएका छन् ।
उनले स्रोतका रूपमा भारतस्थित युनिभर्सिटीमा प्राध्यापक रहेको, त्यसबाट नियमित पेन्सन आउने, संविधानसभाको सदस्य हुँदा र गृहमन्त्रीको सुरक्षा सल्लाहकार हुँदा आएको तलव–भत्ताको रकमलाई इजलासमा उल्लेख गरेका छन् ।
एउटा छोरा नेपाली सेनाको अधिकृत रहेको पनि राईले इजलासमसक्ष उल्लेख गरे ।
















संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया