नक्कली भुटानी शरणार्थी प्रकरण
न्यायाधीशलाई इन्द्रजितको जवाफ, ‘भक्तपुरको १२ आना जग्गा बेचेर बैंकमा ३ करोड ४५ लाख जम्मा गरे’

काठमाडौं । तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईले आफूले भक्तपुरमा रहेको १२ आना जग्गा बेचेर बैँकमा ३ करोड ४५ लाख जम्मा गरेको बताएका छन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपाने सामु राईले जग्गा बेचेर बैँकमा पैसा जम्मा गरेको बताएका हुन् ।
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने धन्दाका मुख्य योजनाकार डा. इन्द्रजित राईलाई न्यायाधीश न्यौपानेको इजलासका अधिकृतले बैंकमा ३ करोड ४५ लाख जम्मा गरेको देखिन्छ, सो रकम कहाँबाट आयो ? भन्दै प्रश्न गरेका थिए । त्यस प्रश्नको जवाफमा राईले यस्तो बताएका हुन् ।
तर, यो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भने राईले गिरोहसँग लिएको रकम आफ्नो बैंक खातामा आफैंले डिपोजिट गरेको अनुसन्धानमा देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
शरणार्थी प्रकरणका विचौलियाहरूकेशव प्रसाद दुलाल र सानु भण्डारीले राईलाई हिमालय होटल, त्रिपुरेश्वरस्थित आँगन स्विट्स र गृह मन्त्रालयमा लगेर रकम बुझाएको बयान दिएको र त्यो रकम राईले बैंकमा जम्मा गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । तर, राईले भने दुलाल र भण्डारीको जिकिर अस्विकार गर्दै ३ करोड ४५ लाखको विभिन्न नस्रोत इजलाशसमक्ष खुलाएका छन् ।
उनले स्रोतका रूपमा भारतस्थित युनिभर्सिटीमा प्राध्यापक रहेको, त्यसबाट नियमित पेन्सन आउने, संविधानसभाको सदस्य हुँदा र गृहमन्त्रीको सुरक्षा सल्लाहकार हुँदा आएको तलव–भत्ताको रकमलाई इजलासमा उल्लेख गरेका छन् ।
एउटा छोरा नेपाली सेनाको अधिकृत रहेको पनि राईले इजलासमसक्ष उल्लेख गरे ।









काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया