दुई सय ६१ जना किशोरी बेचिनबाट जोगिए

भक्तपुर । विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीनवटा नेपाल भारत सिमा नाकाबाट मानव बेचविखनबाट जोगाई दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ ।
संस्थाको आर्थिक वर्ष २०७९/८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ ।
संस्थाले नेपाल भारतका तीन वटा सिमा नाका काकरभिात, विराटनगर र भद्रपुरमा तीन वटा सिमा नाकाबाट मानव वेचविखनको सम्भाबना भएका किरोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ ।
संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१।०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका साथ काम गरिरहेको बताइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष अर्शाककुमार प्रधान, प्रमुख अतिथि प्रहरी बृत ठिमीका प्रहरी निरीक्षक सञ्जीव ओली, समाज कल्याण परिषद्का सहायक निर्देशक राजेन्द्र उप्रेती, सञ्चारकर्मी केशव लुइँंटेललगायतले मानव वेचविखनबाट रोक्न सामूहिक पहल आवश्यक भएको बताए ।
















निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
Ukrainian President: De-Escalation with Russia Boosts Confidence in Negotiations
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया