प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज मध्यप्रदेशको उज्जैन जाँदैछन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्नेछन् ।
भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् ।
नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाइएको छ ।
यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहाल पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
















एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया