सुनकाे भाउ हालसम्मकै उच्च, ताेलाकाे कति पुग्याे ?

काठमाडौं। नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको छ। बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। यो सातामात्रै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको भाउ लगातार बढिरहेको छ। शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।
















एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया