बालेन साहले एक हप्तामा काम नभए अस्पतालको काम बन्द गरिदिन्छौँ भन्नुभयो : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो
बताएका हुन् ।
मन्त्री बस्नेतले आफू प्रचारबाजीभन्दा जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए । उनले काठमाडौं महानगरका मेयर बालेन साहले आफूलाई अस्पतालमा विपन्नहरूलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरे पछि चेतावनीको रुपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताएका थिए ।
‘हामी प्रचारबाजी गर्ने किसिमले गर्दैनौँ, हामी समस्याको जरो समातेर रोग पत्ता लगाएर उपचार गर्ने पद्धतिमा हामी जान्छौँ, मैले काठमाडौं महानगरका मेयर बालेन साहलाई एक हप्ताभित्र हामीले गरेको कामको रिजल्ट देखाउँछौँ भनेको थिएँ,’ उनले भने, ‘उहाँले फेसबुकमा लेखेको स्टाटस के पढ्न पाएँ भने स्वास्थ्य मन्त्रीलाई सबै कुरा जानकारी गरायौँ, तर एक हप्ताभित्रमा काम सुरु भएन भने हामी अस्पतालको काम बन्द गरिदिन्छौँ भन्ने भाषामा लेख्नु भयो ।’
उनले मेयर साहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने बचन दिएको र सोहीअनुसार आफूले प्रमाणित गरेको दाबी गरे । उनले कसैको सुझावका भरमा सुर्तीजन्य पदार्थमा कर नबाढएको पनि बताए ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया