आइतबार, चैत १५, २०८२

चौथो खेलमा नेपाल मलेसियाँसग चार विकेटले पराजित

मेरोन्यूज २०८० जेठ २० गते १२:४२

काठमाडौं। महिला टी–२०  क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेको हो। 

मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः  ७ विकेटले र २७ रनले विजयी भएको थियो । 

आजको खेलमा नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर र कविता जोशीले एक–एक विकेट लिए पनि नेपालको जीतका लागि पर्याप्त भने हुन सकेन ।

टस जितेर ब्याटिङ रोजेको नेपालले सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए।

पाँच खेलको श्रृङ्खलामा दुवै टोलीले दुई-दुई खेलमा जीत हासिल गरेका  अब अन्तिम खेल जित्ने टोलीले श्रृङ्खला जित्नेछ।

जसका लागि बिजयकाे लक्ष्य सहित दुवै टोली आइतबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन ।

प्रतिक्रिया