शरणार्थी प्रकरणमा आरोपितविरुद्ध आज सरकारी वकिलले बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अभियोजनमा आज पनि थुनछेक बहस हुँदैछ । बिहान ११ बजेबाट सुरु हुने बहसमा सरकारी वकिलले बहस गर्नेछन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रमेप्रसाद न्यौपानेको इजलासमा आइतबारबाट सुरु थुनछेक बहसमा आज सरकारी वकिल कार्यालय काठमाडौका न्यायाधिवक्ता सिताराम अर्याल र सहायक न्यायाधिवक्ताहरू दिनेश भट्टराई, प्रकाश घिमिरे, सुरबहादुर परियार र निर्मला मरासिनीले बहस गर्नेछन् ।
त्यसपछि अन्त्यमा प्रमुख सहन्यायाधीवक्ता अच्युत न्यौपानेले बहस गर्नेछन् । आइतबार सरकारी वकिलका तर्फबाट जनक घिमिरे र महेश खत्रीले बहस गरेका थिए ।
आइतबार प्रहरी हिरासतमा रहेका आरोपितहरूपूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत १८ जनालाई अदालतमा उपस्थित गराइएको थियो । ३० जनालाई आरोपित बनाइएको यस प्रकरणमा १२ फरार छन् ।
थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइनेछ ।









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया