बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनु पर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट–अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रियामा बोल्दै डा. खतिवडाले अर्थमन्त्री जवाफदेही हुनु पर्ने बताएका हुन् ।
खतिवडाले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा अनधिकृत व्यक्ति छिरेको आशंका गरेर मिडियामा समाचार आउन थालेको भन्दै त्यो सत्य नहोस् भन्ने पक्षमा आफू रहेको बताए । उनले यो वर्ष पनि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश भएको भए अर्थमन्त्री कठघरामा उभिनु पर्ने बताए ।
‘अर्थमन्त्रीले ल्याएको बजेटमा करका दरको विषयमा समाचार आइरहेका छन्, बजेटको करका दर बनाउन फेरि पनि मुसा छिरे अरे, फेरि पनि अनधिकृत व्यक्तिहरु छिरे रे, अघिल्लो वर्षमा भएका करका अनियमिताहरू हल भएनन् अरे, कोष करेक्सन भएन अरे,’ उनले भने, ‘साथीहरूले ठूला ठूला डकुमेन्टी दिनुभएको छ, बिकृति बढ्दै गए भन्ने सुनेको छु, यी कुरा सत्य नहुन्, मेरो शुभकामना छ ।’
उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कमजोर जगमा बनेको बताउँदै कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने दाबी गरे । उनले स्टक्चर बनाउन खोजेको छ तर जग कमजोर रहेको बताएका थिए ।
‘फल्स ग्राउण्डमा तयार भएको छ, स्टक्चर बनाउन खोजेको छ, तर कमजोर जगमा, जग अर्काले बनाइदियो स्टक्चर तपाई गरिहनुभएको छ, अहिलेको बजेट कमजोर जगमा बनेकाले त्यसको कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा र प्रभावकारीतामा प्रश्न उठ्छ,’ उनले भने ।
उनले विद्युतीय सवारी साधनमा सरकारले अहिले नै प्राथमिकता दिनु पर्ने बेला नभएको बताए । उनले विद्युतीय सवारी साधनले मात्रै वातावरण प्रदुषण नगरेको भन्दै काठमाडौँमा चल्ने सवारी साधन मात्रै नभएर आन्तरिक अन्य कारण प्रदुषण भइरहेको दाबी गरे ।
‘अबको १० वर्षसम्ममा हामी जाने भनेको विद्युतीय सवारी साधन नै हो, तर बाटो त्यही हो भन्दैमा अहिले नै बाटो परिवर्तन गर्नु पर्छ भन्ने छैन, केही समय कुर्नु पर्छ,’ उनले भने ।
उनले सस्तो लोकप्रियताको लागि मात्रै अर्थमन्त्री हुन नहुने र अहिले गाली खाए पनि पछि वाहीवाही पाइने काम गर्नु पर्ने बताए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया