बिहीबार, चैत १९, २०८२

कोका–कोलाको “चिल एन्ड विन” क्याम्पेन सार्वजनिक

मेरोन्यूज २०८० जेठ २३ गते १२:०८

काठमाडौं । नेपालमा सबैभन्दा रुचाइएको बेभरेज ब्राण्ड कोका–कोलाले आफ्ना उपभोक्ताहरूका लागि यस वर्षको सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’ ल्याएको छ । कोका–कोलाको यो क्याम्पेनले उपभोक्ताहरुलाई स्मार्टफोन र मोबाइल रिचार्जहरू जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो अवसर प्रदान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence


यो कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन हो । र यसका अफरहरु स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको छ ।
युनिक कोडका लागि विशेष रूपमा चिन्ह लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबि बोतलहरूको क्राउन मुनि चेक गर्नुपर्नेछ । क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एस.एम.एस मार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ ।
सहभागीहरूले रु ५०० सम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् । यो अफर नेपालभर कोका–कोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५०० मिलि पेट बोतलमा लागू हुनेछ ।


उपभोक्ताहरुलाई आफ्नो पुरस्कार दावी गर्न सजिलो होस् भन्ने हेतुले कोका–कोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्ट्नरको रुपमा खल्तीसँग सहकार्य गरेको छ । जसले गर्दा विजेताहरुले तुरुन्तै आफुले जितेको रकम प्रयोग गर्न पाउनेछन् ।


बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको “चिल एन्ड विन” क्याम्पेन जेष्ठ ६ देखि आषाढ ३० सम्म लागु हुनेछ र जति चाँडो सहभागि भयो त्यति नै जित्ने मौका पनि बढ्नेछ । नियम र सर्तहरूको बारेमा विस्तृतमा बुझ्नको लागि आधिकारिक वेबसाइट भिजिट गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया