ग्राहकको गोपनीयताको सुरक्षामा प्रतिबद्ध छौंः नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको गोपनीयताको सुरक्षामा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । टेलिकमले मंगलबार एक विज्ञप्ती जारी गर्दै ग्राहकको गोपनीयतालाई सधैँ सम्मान गर्ने र यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको हो ।
टेलिकमका सेवाको सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीले यस्तो स्पष्टीकरण दिएको हो ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूले झैँ कम्पनीले विवरणहरू उपलब्ध गराउने गरेको छ ।
कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको ब्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ ।’
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया